यी हुन् आज काठमाडौं उपत्यकामा बस चल्ने रुटहरू (सूचीसहित)

काठमाडौंः सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।

राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज (मंगलबार)बाट बस सेवा सुरु गर्ने जनाएको छ । सुन्दरका चारवटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  यी हुन् कोरोना संक्रमण नभेटिएका नेपालका ३ जिल्ला

बस सञ्चालन हुने हुने रुटहरूः
काठमाडौं–धुलिखेल–पनौती
सूर्यविनायक–रत्नपार्क
चक्रपथ

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् ।

याे पनि पढ्नुस  मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्