ओली-प्रचण्डबीचको छलफल सकियो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ ।

१२ बजेदेखि सुरु भएको भेटर्वार्ता दिउँसो पौने २ सम्म भएको थियो । ओली-प्रचण्ड बीचको गत बुधबारको छलफलपछि मंगलबार पुनः एक्लाएक्लै भेटर्वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  प्रचण्डः वामदेव हामीसँगै छन्, एकताको उनको प्रयासलाई हाम्रो साथ छ

पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ। स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए। सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड मंगलबार भेटवार्ताका लागि बालुवाटार पुगेका हुन्।

प्रचण्डले सोमबार वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए भने मंगलबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर बालुवाटार पुगेका हुन्।

याे पनि पढ्नुस  पर्यटन व्यवसायीलाई प्रचण्डको आग्रहः ‘पर्यटकलाई दुहुनो गाई जस्तो ब्यवहार नगर्नुहोस्’

पार्टी भित्रको आन्तरिक विवादको विषय काठमाडौं पुगेर समाधान गर्ने प्रतिवद्धता मतदातासँग गरेर फर्किएका प्रचण्डले भेटघाटलाई तिब्रता दिएका हुन्।

कमेन्ट गर्नुहोस्