राजेश हमालको बारेमा बोलेपछि विवादमा तानिए निश्चल

काठमाडौं : अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक आक्रोशपूर्ण स्टाटस लेख्दै निर्देशक भट्टराइले अश्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउनसमेत बस्नेतलाई चुनौती दिएका छन् ।

याे पनि पढ्नुस  भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छः राजेश हमाल

‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्, ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले भनेका छन् ।

निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको विषयमा निश्चलले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफूले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए ।

कमेन्ट गर्नुहोस्