नेपालीको उद्धारका लागि साधारण उडानको व्यवस्था गर्न एनआरएनए यूएईको आग्रह

यूएई : नेपाल एशोसियसन (एनआरएनए) यूएईले नेपाल सरकारलाई उद्धारका उडान थप गर्न तथा केही समयका लागि साधारण उडानको व्यवस्था गर्न आग्रह गरेको छ ।

१२ जूलाईदेखि यूएई सरकारले भिसासम्बन्धी नयाँ नियम लागू गरेकाले एनआरएनए यूएईले सरकारसँग यस्तो आग्रह गरेको हो ।

१२ जूलाई २०२० सम्म क्यान्सिल (रेजिग्नेसन, रिडन्डेन्सी, टर्मिनेशन, रिटाएर्ड, इल्लिगल) भइसकेकोे रेसिडेन्स भिसा र म्याद सकिएको भिजिट भिषा वाहकहरू ११ अगष्ट, २०२० सम्म आफ्नो देश नफिर्किए कानुनबमोजिन जरिमाना तिर्नु पर्ने (पहिलो दिनको १२५, नन् रिन्यूअल पेनाल्थटी र लिभ पर्मिटको २८७ फाइन, र हरेक दिन २५ रेसिडेन्स भिसार/१०० भिजिट भिषा) का दरले तिर्नु पर्नेछ ।

नयाँ नियमका कारण बेरोजगार रहेका हजारौँको संख्यामा रहेका नेपालीलाई यो अप्ठ्यारो परिस्थितीबाट बचाउँन सरकारलाई उडान थप गर्न विज्ञप्ति जारी गर्दै एनआरएनए यूएईले आग्रह गरेको छ ।

साथै, एनआरएनए यूएईले कोभिड-१९ का कारण विदेशस्थित अलपत्र परेका नेपालीलाई नेपाल फर्काउन नेपाली राजदूतावास, अबुधावी यूएई र नेपाल सरकारले खेलेको भूमिकाप्रति आभारसमेत व्यक्त गरेका छ ।

कमेन्ट गर्नुहोस्