भीमदत्तको सहयोगमा सुप विश्वविद्यालयमा सेनिटाइजर उत्पादन

महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजर उत्पादन गरिएको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले भीमदत्त नगरपालिकाको सहयोगमा हेन्ड सेनिटाइजर उत्पादन गरेको हो । उत्पादन गरिएका सेनिटाइनजर नगरपालिकालाई हस्तान्तरण गरिएका छन् ।

भीमदत्त नगरपालिकाले सेनिटाइजर उत्पादनका लागि विश्वविद्यालयलाई कच्चा सामाग्री सहयोग गरेको थियो ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय रसायन शास्त्रका प्राध्यापक डा. भवानी चन्द ठकुरी नेतृत्वको टीमले सेनिटाईजर बनाएको हो ।

याे पनि पढ्नुस  डीन बिष्टलाई विश्वविद्यालको कार्यकारी परिषदबाट हटाउने निर्णय अदालतद्वारा खारेज

कोेरोना भाइरस संक्रमण महामारीमा सेनिटाइजरको माग बढेपछि विश्वविद्यालयमा उत्पादन सुरु गरिएको हो । भीमदत्त नगरपालिकाले स्थानीय स्तरको सीप स्रोत र जनशक्ति परिचालन गरी स्थानीय स्तरमा सेनिटाइनजर उत्पादनका लागि विश्वविद्यालयलाई आग्रह गरेको थियो ।

सिद्धनाथ विज्ञान क्याम्पसको प्रयोगशालामा सेनिटाइजर उत्पादन गरिएको छ । विश्वविद्यालयका प्राध्यापक डा. चन्दले विश्वविद्यालय टीमको सहयोगमा सेनिटाइजर उत्पादन गरिएको बताए ।

याे पनि पढ्नुस  डीन बिष्टलाई विश्वविद्यालको कार्यकारी परिषदबाट हटाउने निर्णय अदालतद्वारा खारेज

रसायन शास्त्रका प्राध्यापक चन्द यस अघि विश्वविद्यालयका विज्ञान संकायका पूर्व डीन हुन् । विज्ञान क्याम्पसमा लामो समय रसायन शास्त्र अध्यापक बसेका उनी पछिल्लो समय सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आएका हुन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले विश्वविद्यालय टीमले सेनिटाइजर उत्पादन गरी प्रविधिको क्षेत्रमा नयाँ कार्य गरेको बताए । ‘यो राम्रो कार्य हो, प्रविधिको क्षेत्रमा यसले राम्रो सन्देश दिएको छ’, उनले भने, ‘अझै नयाँ तथ्य, प्रमाण र ज्ञानको खोज अनुसन्धानमा सरिक आवश्यक छ ।’

कमेन्ट गर्नुहोस्