विप्लव समूहका नेता ओमप्रकाश पुन श्रीमतीसहित पक्राउ

काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पुनलाई कैलालीको फुलबारी क्षेत्रबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले विप्लव समूहका एक महिला र एक पुरुष गरि दुई जनालाई केही बेर अघि पक्राउ गरिएको बताए ।

याे पनि पढ्नुस  डेढ करोड रुपैयाँ चन्दा माग गर्ने विप्लवका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ

पुनसँगै उनकी श्रीमती अखिल नेपाल महिला संघ (अनेमसंघ)की नेतृ पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सोही पार्टीका एक विद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो ।

कमेन्ट गर्नुहोस्