सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । हिजो छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

याे पनि पढ्नुस  पशुपतिमा भेटियो ४५ किलो सुन

आज तेजाबी सुनको मूल्य ९२ हजार ३६० रूपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७ अमेरिकी डलरमा कायम छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट बढ भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला एक हजार पाँच रूपैयाँ पुगेको छ । मंगलबार चाँदीको कारोबार ९९५ रूपैयाँ प्रतितोलामा भएको थियो ।

कमेन्ट गर्नुहोस्