ओली-प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता शुरू

फाइल फोटो ।

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरू भएको छ ।

पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता शुरू भएको हो ।

असार १० गते शुरू भएको पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको घोषणाः स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कार

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानमा छन् । तर ओलीले भने कुनै पनि पद नछाड्ने अडान लिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्