पेस्तोल र गोलीसहित विप्लव समूहका नेता पुन पक्राउ

काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिका–७ वेली स्थित सडक खण्डमा प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा गइरहेका पुनलाई चेकजाँच गर्दा कटुवा पेस्तोल थान १ र गोली राउण्ड १ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

याे पनि पढ्नुस  विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरी पक्राउ

पुनसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामी पनि पक्राउ परेकी छन् । उनी पुनकी श्रीमती हुन् ।

कमेन्ट गर्नुहोस्