बुवाले छोरीलाई र छोराले आमालाई बलात्कार गरेकाे आरोपमा पक्राउ

बैतडीः बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवा पक्राउ परेका छन् ।

मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । उनले भने, ‘छोरीको शरिरमा पनि निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।’

याे पनि पढ्नुस  २ बालिकामाथि यौन शोषण गरेको आरोपमा युट्युबर शिवाकोटी पक्राउ

बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘श्रीमतीको मृत्यु भइसकेपश्चात छोरीलाई मादकपदार्थ सेवन गरि पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ । मंगलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’

याे पनि पढ्नुस  ‘ब्रिटिस आर्मी हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका–१० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ बर्षीय छोराले ६१ बर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताए ।

याे पनि पढ्नुस  दिउँसै खुकुरी देखाएर गुण्डागर्दी, ४ जना प्रहरीको फन्दामा

आमालाई बलात्कार गरि बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । निङ्लाशैनी अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्