११६ जना संक्रमित थपिए, ६९७ जना डिस्चार्ज

काठमाडौंः बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको जानकारी दिए । अहिले देशभरि ६,११३ सक्रिय सङ्क्रमित छन् ।

बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ११,०२५ जना अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएका छन् ।

याे पनि पढ्नुस  तपाईंको प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्