नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

काठमाडौंः नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो निधन भएको डा. गौतमले बताए ।

उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

याे पनि पढ्नुस  सासु–ससुरासँग झगडापछि आमा माइतमा, बाल्टीमा डुुबेर शिशुको मृत्यु

उनी असार २४ गते नेपाल फर्की क्वारन्टीनमा बसेको र असार २९ गते ज्वरो आई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनलाई बुधवार बिहानदेखि भेन्टीलेटरमा राखेर उपचार थालिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

११६ जना संक्रमित थपिए, ६९७ जना डिस्चार्ज

कमेन्ट गर्नुहोस्