काठमाडौंमा फेरि भेटिए संक्रमित

काठमाडौंः बुधबार काठमाडौंमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या २४४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा विभिन्न स्थानका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

बुधबार नेपालमा ११६ जना संक्रमित थपिँदा ६९७ जना डिस्चार्ज भएका छन् र थप एकजनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतको क्वारेन्टाइनमा नेपालीको मृत्यु

योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । ११ हजार २५ जना डिस्चार्ज हुँदा ३९ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्