फुल टिप्न पठाइँदा दीक्षान्त समारोहको अघिल्लो दिन प्रहरी जवान घाइते

काठमाडौंः नेपाल प्रहरीको तालिम केन्द्र दिपायलमा एक प्रहरी जवान घाइते भएकी छन् । घाइते हुनेमा डडेल्धुराकी निर्मला ऐर रहेको तालिम केन्द्र दिपायलका एसएसपी प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

घाइते ऐरको प्रदेश प्रहरी अस्पताल दिपायलमा उपचार हुन नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरिएको एसएसपी श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  घुससहित प्रहरी जवान पक्राउ

आज घाइते भएकी ऐर नेपाल प्रहरीको ११–७९ औ समुहको प्रहरी जवान तालिम सकेर बिहीबार दीक्षान्त समारोहका हुने तयारीमा थिइन् । तर, अतिथी स्वागतको लागि उनीलगायत अन्य प्रहरी जवानलाई फूल टिप्न पठाइएको थियो ।

फूल टिप्न पठाइएकी ऐर रुखबाट खस्दा एउटा खुट्टा भाँचिएको छ । अब उनी दिक्षान्त समारोहका हुन पाउने छैनन् । तालिम केन्द्र दिपायलका एसएसपी श्रेष्ठले भने घाइते ऐर दिक्षान्त समारोहका सहभागि मात्रै नहुने तर, अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेकोले कुनै समस्या नहुने बताए ।

याे पनि पढ्नुस  सई दनुवार वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

काममा लगाउन नपाइने नियम विपरित तालिम केन्द्रमा प्रशिक्षार्थीलाई विभिन्न काममा लगाउने गरिएको गुनासो रहँदै आएको छ ।

कमेन्ट गर्नुहोस्