नेकपा विवादः ओली, प्रचण्ड र नेपालबीच छलफल शुरू

काठमाडौंः प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच अहिले बालुवाटारमा छलफल शुरू भएको छ ।

यसअघि ओली–प्रचण्डबीच पटकपटक भएका वार्तामा सहमति जुट्न नसकेपछि आजको वार्तामा नेता नेपाललाई समेत सहभागी गराउन दुई नेता सहमत भएका हुन् । नेता नेपाललाई समेत वार्तामा बोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको छ ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

नेकपाभित्र देखिएको गतिरोध अन्त्यका लागि तीन नेताबीच कुराकानी भएको हो । प्रचण्डले आजै बिहान आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

सहमतिका लागि र बाढी पहिरोका कारण भन्दै १ साता नेकपाको स्थायी समिति बैठक स्थगित भएको थियो । स्थायी समिति बैठक साउन २ गते बोलाइएको छ ।

याे पनि पढ्नुस  प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक

पार्टीभित्रको विवादका कारण असार १८ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्