ओली, प्रचण्ड र नेपालीबीचको वार्ता सकियो, के भयो कुराकानी?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषय सल्टाउन दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ बजेदेखि सुरू भएको त्रिपक्षीय वार्ता २ बजे सम्पन्न भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ विमोचन

यसअघिसम्म दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएपनि बिहीबार पार्टीको आन्तरिक विवादको विषयलाई लिएर तीन नेताबीच वार्ता भएको हो । भोलि नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।

सो बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बसिरहेको छ । आजको बैठक सकारात्मक भएपनि ठोस सहमति बन्न नसकेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्