नेपालमा आज १६७ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा बिहीबार थप १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको जानकारी दिए । अहिले देशभरि ६ हजार २ सय ५६ सक्रिय सङ्क्रमित छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः ह्वात्तै बढ्यो मृत्यु हुने र बिरामीको सङ्ख्या

बुधबार २ सय १३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ११ हजार २ सय ४९ सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा २३ हजार ५ सय व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् ।

कमेन्ट गर्नुहोस्