स्मिता दाहालको ‘मायालु तिमी कता छौं-२’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं-२’ (सिरिरी सिरिरी) सार्वजनिक भएको छ ।

गज्जब टिभी युट्युब च्यानलमार्फत् सो म्युजिक भिडिया बिहीबार दिउँसो सार्वजनिक गरिएको हो ।

‘मायालु तिमी-१’को अपार सफलतापछि बजारमा आएको स्मिताको ‘मायलु तिमी-२’ मा पनि स्मितालाई स्वरमा राजनराज सिवाकोटीले साथ दिएका छन् ।

नायक पल शाह र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको गीतको शब्द दिनेश थपलिया र संगीत सिवाकोटीको रहेको छ ।

यस म्युजिक भिडियामा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी, कलर श्याम कार्की, कोरियोग्राफिरकथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्