काठमाडौंमा आज १ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौंमा आज १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा आज काठमाडौंमा १ जनाम मात्र कोरोना पुष्टि भएको हो ।

उपत्यकाका भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएनन् ।

बिहीबार देशभर २७ प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  सीमामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको जानकारी दिए । अहिले देशभरि ६ हजार २ सय ५६ सक्रिय सङ्क्रमित छन् ।

बुधबार २ सय १३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ११ हजार २ सय ४९ सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएका छन् ।

याे पनि पढ्नुस  १४ हजार ग्यास सिलिण्डर थपिँदै उपत्यकामा, आयल निगम भन्छ– कसैको सिलिण्डर रित्तो हुँदैन!

विगत २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा २३ हजार ५ सय व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् ।

कमेन्ट गर्नुहोस्