काठमाडौं उपत्यका : ३ हजारमा परीक्षण गर्दा ३ जनामा देखियो कोरोना

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजिटिभ देखिएको छ ।

उपत्यकामा संक्रमित कम भएपनि जोखिम भने कम नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।

याे पनि पढ्नुस  आज काठमाडौंका ८ र ललितपुरका १ जनामा कोरोना पुष्टि

हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

नेपालमा आज १६७ जनामा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्