तीनकुनेमा मोटरसाइकल दुर्घटना, २ जना गम्भीर घाइते

काठमाडौं : आज दिउँसो काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बा ३५ प ६४३० र बा ६० प १७ ८८ का बाइक ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वारका डीएसपी दक्षकुमार केसीले जनाकारी दिए ।

याे पनि पढ्नुस  टिपरलाई उछिन्न खोज्दा चालकको मृत्यु

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर भएको उनले जानकारी दिए । घाइतेको परिचय खुल्न सकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्