नियम उल्लंघन गर्दा जोफ्रा आर्चर इंग्ल्याण्ड टोलीबाट आउट

काठमाडौं : इंग्ल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चर टोलीबाट हटाइएका छन् ।

वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टको पूर्वसन्ध्यामा जैविक सुरक्षाको उल्लङ्घन गरेको आरोपमा आर्चर टोलीबाट हटाइएका हुन् ।

बुधबार दोस्रो टेष्टका लागि घोषणा गरिएको १३ सदस्यीय टोलीमा जोफ्रा आर्चरको नाम समावेश गरिएको थियो । तर, इंग्ल्याण्ड क्रिकेट बोर्डले बिहीबार बिहान एक वक्तव्य जारी गरी जोफ्रा आर्चरलाई टोलीबाट हटाइएको र उहाँ केही दिनको लागि ‘सेल्फ आइसोलेसन’मा बस्ने जनाएको छ ।

याे पनि पढ्नुस  जोफ्राले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिज गुमाउने

जोफ्रा आर्चर पाँच दिनसम्म आइसोलेसनमा बस्ने छन्। आइसोलेसन बसाइको क्रममा उनमा २ पटक कोभिड-१९ को परीक्षण गरिने छ ।

वेष्ट इन्डिज विरुद्धको श्रृङ्खलाको क्रममा प्रत्येक खेलाडीलाई जीपीएस उपकरण जडान गरिएको छ ।

इसीबीको १ जना प्रवक्ताले वेष्टइन्डिज क्रिकेटलाई उक्त जानकारी गराइएको बताएका छन् । र, अपनाइएको सतर्कताका उपायहरूप्रति वेष्ट इन्डिज क्रिकेट सन्तुष्ट रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्