कोरोना त्रास : फ्रान्समा घरभित्र पनि मास्क अनिवार्य

बीबीसी : फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले आगामी सातादेखि घर वा कुनै बन्द स्थानभित्र पनि मास्क लगाउन अनिवार्य हुने बताएका छन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नियममा थप कडाइ गरिएको उनले बताएका छन् ।

यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोँले यो नियम अगष्ट १ देखि लागू हुने बताएका थिए । कास्टेक्सले यो नियमको लागि अगस्टसम्म कुर्दा ढिला हुने भन्दै आगामी सातादेखि नियाम लागू हुने बताएका हुन् ।

याे पनि पढ्नुस  थप १३ जनामा देखियो कोरोना

अहिलेसम्म फ्रान्समा सार्वजनिक तको प्रयोग गर्ने र भौतिक दुरीको पालना नहुने स्थानमा मात्र मास्क अनिवार्य गरिएको थियो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म फ्रान्समा २ लाख १० हजार बढीमा कोरोना स.क्रमण पुष्टि भएको छ । जसमध्ये ३० हजार धेरैको ज्यान गएको छ । त्यस्तै हादसम्म फ्रान्समा ७८ हजार ८ सय संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

कमेन्ट गर्नुहोस्