कोरोनाबाट नेल्सन मण्डेलाकी छोरीको मृत्यु

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको निधन भएको छ ।

५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा नतिजा पोजिटिभ आएको छ ।

उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् ।

याे पनि पढ्नुस  २ अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न हिजो अनुमति, आज रद्द

कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताएका छन् ।

साथै, उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्