सहायक रथी पौडेलले पाए सैनिक प्रवक्ताको जिम्मेवारी

काठमाडौं : सैनिक प्रवक्तामा सहायक रथी सन्तोष बल्लभ पौडेल नियुक्त भएका छन् । प्रधासेनापति पूर्णचन्द्र थापाले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

उनी यसअघि १५ बाहिनीको बाहिनीपतिका रूपमा कार्यरत थिए । कास्की लेखनाथ निवासी प्रवक्ता पौडेल कविशिरोमणि लेखनाथ पौडेलका सन्तान हुन् ।

यसअघिका प्रवक्ता पाण्डे उत्तरपश्चिम पृतना मुख्यालय सुर्खेतको निमित्त प्रमुखका रूपमा सरुवा भएका थिए ।

नवनियुक्त प्रवक्ता पौडेलले सैनिक संगठनका कामकारवाही तथा गतिविधिहरू आमसञ्चारका माध्यामबाट छिटो–छरितो, स्पष्ट र पारदर्शीढंगले आमनागरिकमाझ पुर्‍याउने कार्यमा सधै सक्रिय रहने बताए ।

उनले आवश्यक सुझाव, सल्लाह सहित सबैसंग सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै, यसअघिका प्रवक्ता पाण्डेले करीव १ वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गर्न विभिन्न निकायबाट प्राप्त सहयोग, सुझाव सल्लाह र प्रतिक्रियाका लागि धन्यवाद दिए ।

कमेन्ट गर्नुहोस्