प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए आफूनिकट नेता

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेतालाई बालुवाटारमा बोलाएका छन् ।

दिउँसो अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका ओलीले आज साँझ आफूनिकटका नेतालाई बालुवाटार बोलाएका हुन् ।

आज दिउँसो भएको ओली, प्रचण्ड र नेपालबीचको छलफलले कुनै निष्कर्श किनाल्न सकेको थिएन ।

याे पनि पढ्नुस  सबैको साथ र सहयोगले मात्र नेपालको विकास सम्भव : प्रधानमन्त्री

स्रोतका अनुसार उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र सांसदहरू बालुवाटार छलफलमा सहभागी रहेका छन् ।

नेताहरूसँग प्रधानमन्त्री ओलीले भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्