श्रीमानले बलात्कार गर्ने, श्रीमतीद्वारा भिडियो देखाएर ‘बार्गेनिङ’

विराटनगर : १ महिलामाथि बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठ रहेका छन् । उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

नयन श्रेष्ठ बिराटनगर-३ स्थित काठमाडौं सेक्युरिटी कार्यालयका सञ्चालक हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी पूर्व प्रहरीसमेत हुन्।

याे पनि पढ्नुस  चीनमा बलात्कार गर्न खोज्दा महिलाले कोरोना भएको भनेपछि...

फागुन ३ गते साँझ ६ बजे आफ्नो कार्यालयमा बोलाइ नयनले जबरजस्ती करणी गरेको एक महिलाले आरोप लगाएकी छिन् ।

हल्ला गरेमा मार्ने धम्की दिइ ती महिलालाई जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्।

सोही बेलाको भिडियो आफूले खिचेको भन्दै नयनकै भाइ नाता पर्ने ज्योतिले दाइले भनेका सबै मान्नु पर्ने भनी दवाव दिँदै आएको महिलाको आरोप छ।

याे पनि पढ्नुस  दाङमा सुनचाँदी पसल चोरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ

प्रहरीले उनीहरू दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पीडित महिलाका अनुसार नयनकै श्रीमती रसिला श्रेष्ठ पनि आफूसँग सम्पत्ती हडप्न बार्गेनिङ गर्न आएकी थिइन्।

पीडित महिलाले जाहेरीमा उल्लेख गरेअनुसार असार १२ गते शुक्रबार बेलुकी रसिलाले बोलाएर शर्त मानेमा आफ्ना श्रीमानले खिचेको भिडियो दिने वा हटाइदिने कुरा गरेकी थिइन् ।

याे पनि पढ्नुस  मोही विवादमा युवकको हत्या, ७ जना पक्राउ

शर्तमा घरजग्गा उनीहरूको नाममा पास गराउनु पर्ने वा १० लाख दिन माग राखेकी थिइन्।

प्रहरीले रसिलालाई भने नियन्त्रणमा लिएको छैन।

कमेन्ट गर्नुहोस्