आइतबारदेखि ४ दिन भारी वर्षा हुने

काठमाडौं : आउँदो आइतबारदेखि ४ दिनसम्म देशका अधिकांश स्थानमा मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा कम क्षेत्र प्रभावित हुने भएपनि भारी वर्षा भई बाढी पहिरोको जोखिम सबै प्रदेशमा उच्च रहेको विभागले जनाएको छ ।

याे पनि पढ्नुस  गण्डकी प्रदेश : वैशाखयता बाढीपहिरोबाट ७८ जनाको मृत्यु

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीका ठूला र साना नदी तथा तिनका सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने विभागको भनाई छ ।

यी प्रदेशहरूका पहाड, चुरे क्षेत्र तथा तराई भएर बग्ने स–साना नदी नालामा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विषेश सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  आगामी मनसुनः कहाँ कति वर्षा हुन्छ ?

यस्तै, विभागद्वारा जारी विज्ञप्तिमा साउन ५ देखि तीन दिन तिनाउ, राप्ती, बबई, भेरी, सेती र यसका सहायक नदीहरूमा समेत बहाव बढ्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्