काठमाडौंः स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित सचिव र कर्मचारीविरुद्व ‘इनफ इज इनफ’ अभियानले अख्तियारमा मुद्दा दायर गरेको छ ।
स्वास्थ्य सेवा विभागले खरिद गरेको कोरोना परीक्षण किटमा दुईपटक ठेक्का रद्द गर्दै १०औं नम्बरमा रहेको ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिँदा त्यसमा ठूलो कमिसनको चलखेल भएको भन्दै उक्त अभियानले मन्त्री स्वास्थ्य मन्त्री ढकाल, सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहलगायतलाई छानविनको दायरामा ल्याउन माग गरेको हो ।
साथै उक्त अभियानले चीनबाट स्वास्थ्य सामग्री एवं उपकरण खरिद गर्दा ठूलो भ्रष्टाचार भएको भन्दै यसअघि वागमती प्रदेश सांसद रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको उजुरीका विषयमा पनि छानविन गर्न अख्तियारलाई माग गरेको छ ।