काठमाडौंः आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बिहिबार पनि सुनको भाउ घटेको थियो ।