युएईमा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ गठन

युएई : बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेर रक्तदान गर्ने नेपालीहरु संगठित भएकाछन् ।

शुक्रवार सम्पन्न भर्चुअल भेलाले लोक प्रसाद दहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रमुना बस्नेत, सचिबमा भिमराज लामा र कोषाध्यक्षमा गोपिनी शाही चयन भएका छन् ।

सदस्यहरुमा बिपिन सापकोटा, राजेन्द्र फुयाँल, दिपक बस्नेत, दिपक बहादुर बिस्ट, राम हरी नेपाल, नबिन सोडारी, दिपक राउत, गोविन्द थापा र सुनिता खड्का रहेका छन् । समितिले सहसचिब र मिडिया संयोजक पछि मनोनित गर्ने नवनिर्बाचित अध्यक्ष दहालले जानकारी दिए ।

याे पनि पढ्नुस  युएईको जेलमा नेपालीको संख्या बढ्यो ,अवस्था बुझ्न दूतावासको टोलि जेल भ्रमणमा

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रीय उपाध्यक्ष बिनोद भट्टराई, सचिब राहुल रेग्मी र कोषाध्यक्ष उत्तम अधिकारीको उपस्थित रहेको थियो ।

त्यसैगरी कार्यक्रममा ग़ैर आवासीय नेपाली सँघ युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पाशांग शेर्पाको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासँघका कार्यबाहक अध्यक्ष मेघराज सापकोटाको बिशेष उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  इन्टरपोलको ८७ औं महासभामा भाग लिन सर्वेन्द्र खनाल युएईमा,एनआरएनले गर्‍यो स्वागत 

ग़ैर आवासीय नेपाली सँघका तर्फबाट उपाध्यक्ष शेर्पाले शुभकामना मन्तब्य राख्दै एनआरएन युएईले सदैब सहयोग र सल्लाह प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अन्तराष्ट्रीय अध्यक्ष अजय सत्यालले बिश्वभरी छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै नेपालको हीतमा संगठनले कार्य गरिरहेको जानकारी दिए ।

याे पनि पढ्नुस  युएईको रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना

उपस्थित अन्य अथितिहरुले पनि नवनिर्बाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संयोजन नवराज बस्नेतले गरेका थिए ।

अन्तराष्ट्रीय रक्तदाता सँघ सन २०१४ मा पहिलोपटक अमेरिकामा गठन भएको संस्था हो । २५ भन्दा बढी मुलुकहरुमा यसका शाखाहरु गठन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्