भारतमा कोरोनाले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड बनेको छ । शनिवार ३७ हजार भन्दा धेरै कोभिड १९ पोजेटिभ केस फेला परेसँगै संक्रमित संख्यामा नयाँ रेकर्ड बनेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार त्यहाँ ३७ हजार ४० जना कोरोना संक्रमित थपिए भने ५४३ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

योसँगै भारतमा संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ भने २६ हजार ८२८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो साताका चार दिनमा कोरोना संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाइरहेको छ ।

कुन प्रदेशमा कति ?

 

कमेन्ट गर्नुहोस्