३ वर्षमै टुट्यो सुधांशु र उषाको वैवाहिक सम्बन्ध

काठमाडौं : नायक सुधांशु जोशी र नायिका उषा पौडेल वैवाहिक जीवनबाट अलग भएका छन् ।

अमेरिकामा रहँदै आएका यी २ करिब ६ महिनादेखि अलगअलग बस्दै आएका छन् । करिब ३ वर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी २ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच कलह सुरु भएको बुझिएको छ ।

उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसकेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्