बालुवाटारमा आज पनि ओली-प्रचण्डबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएको छ ।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

शनिबार २ अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए।

याे पनि पढ्नुस  बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, महत्वपूर्ण निर्णय हुन सक्ने

बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्