क्वारेन्टाइनबाट भागेका पुरुष मृत फेला

धनगढी : कैलालीमा क्वारेन्टाइनबाट भागेका १ जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका-८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेका हुन् ।

उनी साउन १ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा बसेकी श्रीमतीलाई मात्र कोरोना संक्रमण

उनका अनुसार मृत फेला परेका आउजी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । तर, उनी सोमबार बिहानै क्वारेन्टाइनबाट भागेका थिए ।

प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्