आंशिकरूपमा खुल्यो पोखरा-बागलुुङ सडकखण्ड

पर्वत : अविरल वर्षापछि सोमबार राति आएको पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडकखण्डको पर्वतको कुश्मा नगरपालिका-२ को नयाँपुल आंशिकरूपमा खुलेको छ ।

कुश्मा नगरपालिका-२ को नयाँपुल सडकखण्डमा माथिबाट ठूलो ढुङ्गा खसी बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतबाट गएको टोलीले एक्स्काभेटरको सहयोगमा बाटोको केही अंश खुलाई साना सवारीहरू सुचारु गरेको छ ।

याे पनि पढ्नुस  गरे के हुँदैन्, तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

ठूला सवारी साधन चलाउने गरी दुईतर्फी सडक सञ्चालनको काममा प्रहरी सक्रिय बनेर लागेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्