पूर्व सांसद बुढा र क्रान्तिकारी नेता महतोको निधनप्रति प्रचण्डद्वारा श्रद्वाञ्जली व्यक्त

काठमाडौंः पूर्वसांसद बर्मन बुढा र क्रान्तिकारी कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महत्तोको निधनप्रति नेकपा अध्यक्ष प्रचण्डले श्रद्वाञ्जली व्यक्त गरेका छन् ।

रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको थियो ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको स्मरण गर्दै प्रचण्डले सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने बताएका छन् ।

बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको बताउँदै प्रचण्डले संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

याे पनि पढ्नुस  सर्वोच्चको फैसलाप्रति ईश्वर पोखरेलको तीव्र असन्तुष्टि, न्यायाधीशप्रति अमर्यादित भाषा प्रयोग

त्यस्तै, क्यान्सर रोगबाट पीडित नवलपरासी क्रान्तिकारी कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा महत्तोको आज बिहान हुक्सीकोट ६८ वर्षको उमेरका निधन भएको थियो ।

शिक्षण पेशा त्यागी जनयुद्धमा समाहित अथक योद्धा कमरेड महत्तोको निधनले पार्टीले एक क्रान्तिकारी योद्धा गुमाएको र सिंगो समुदायले अनुभवी नेताको अभाव महशुस गरेको प्रचण्डद्वारा जारी शोक व्यक्तव्यमा भनिएको छ ।

याे पनि पढ्नुस  प्रचण्डले ओलीसमक्ष राखे ९ बुँदे नयाँ प्रस्ताव (सूचीसहित)

कमेन्ट गर्नुहोस्