खेलाडीलाई १ भदौदेखि प्रशिक्षणको अनुमति

काठमाडौंः सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी १ भदौदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले १ भदौदेखि विभिन्न प्रतियोगिताको तयारीका लागि प्रशिक्षण र अभ्यास गर्न पाइने बताए । समूहमा खेलिने घरेलु प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उनको भनाइ छ । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ ।

याे पनि पढ्नुस  कक्षा १२, स्नातक र स्नातकोत्तरकाे परीक्षा मिति तोकियो

कोरोना भाइरस महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । सबै खेल अभ्यास र प्रशिक्षण समेत बन्द गरिएको थियो ।

तीन साताअघि नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षणको अनुमति मागेको थियो । तर, अहिलेसम्म अनुमति नपाएको संघले जनाएको छ ।

याे पनि पढ्नुस  थप २८ जनामा कोरोना संक्रमण पुष्टि

खेलाडीले भने व्यक्तिगत रुपमा कीर्तिपुर मैदानमा अभ्यास गरिरहेका छन् । अन्य केही खेलका खेलाडी पनि व्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्