ह्वात्तै बढ्यो सुनको मूल्य, कायम भयो नयाँ रेकर्ड

काठमाडौंः सुनको मूल्य ह्वात्तै बढेको छ । आज एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेपछि सुन हालसम्मकै महंगो हुँदै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलामा ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय पक्राउ

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार तीन सयले नै बढेर ९३ हजार ५ सय ६० पुगेको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो (मंगलबार) तोलाको एक हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज (बिहीबार) ११ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्