जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

बुटवलः कपिलवस्तुको यशोधरा गाँउपालिकाका स्वास्थ्य कर्मचारी जोखिम भत्ता नपाएपछि चरणबद्ध आन्दोलनमा जाने भएका छन् ।

जिल्लाको सबैभन्दा बढी कोभिड जोखिम गाउँपालिका मानिने यशोधरा गाउँपालिकामा कोरोना संक्रमणका बेला काममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएपछि गाँउपालिकाका स्वास्थ्यका कर्मचारीले आन्दोलन थालेका हुन् ।

याे पनि पढ्नुस  ‘प्रदेश–५ को राजधानी बुटवलबाट अन्त जाँदैन’

पालिकाभरका स्वास्थ्य कर्मचारीहरुको बैठकले कर्मचारीले जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख भएअनुसार पाउने भत्ता नपाए स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

साउन ४ गते बसेको उनीहरुको बैठकले आफना मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । स्वास्थ्यकर्मीले गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्र बुझाएका छन् ।

याे पनि पढ्नुस  साउन विशेष : बोलबम धाममा भीड

यशोधरा गाँउपालिकाले हालसम्म कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापन सम्बन्धि कार्यक्रमकै लागी २ करोड २८ लाख बढि रकम खर्च गरेको बताइएको छ । तर कार्यक्षेत्रमा खटिएर काम गरेका स्वास्थ्यका कर्मचारीलाई सरकारले देऊ भनेको सुविधा समेत खोसिएको स्वास्थ्यकर्मीले गुनासो रहेको छ ।

याे पनि पढ्नुस  पहिरो प्रभावितलाई साइन रेसुङ्गा बैंकको दुई लाखको चेक हस्तान्तरण

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेले बजेट अभावका कारण जोखिम भत्ता दिन नसकिएको बताए ।

कमेन्ट गर्नुहोस्