काठमाडौंः सुनको मूल्यले शुक्रबार ऐतिहासिक रेकर्ड राखेको छ । प्रतितोला ९५ हजार ८ सयमा पुगेर सुनको मूल्य हालसम्मकै उच्च हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
बिहीबार सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार १३ सयले सुनको मूल्य बढ्यो । गएको बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आएको छ ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ । बिहीबार चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घअन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।