भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध मुद्दा दर्ता

काठमाडौं नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार आज केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

यसअघि अभिनेता केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दु’र्व्यवहारको आ’रोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए । उनले आफूविरुद्ध लगाइएको आ’रोप निराधार र मनगढन्ते भएको दाबी गरेका थिए ।

याे पनि पढ्नुस  भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध मुद्दा दर्ता, १० करोड क्षतिपूर्तिको माग

त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न ३ वटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दु’र्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्