प्रेमीको घरबाहिर धर्ना बसिन् प्रेमिका!

एक प्रेमिका आफ्नो प्रेमिको घरबाहिर धर्नामा बसेकी छन् ।

प्रेमीले आफूसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरको बस्तीमा रहेको डेनिसमन्डाको रसिला नगरमा उनी धर्नामा बसेकी हुन् ।

आफूसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन् । तर, युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनले बताइन् ।

याे पनि पढ्नुस  नेकपा नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना

विगत ५ वर्षदेखि आफूहरूको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइन् ।

आफूले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमासमेत उजुरी दिएको ती युवतीले बताइन् । तर, प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको उनले बताइन् ।

याे पनि पढ्नुस  प्रेमिकाले जात नमिलेपछि बिहे गर्न मानिनन्, प्रेमीले गरे आत्महत्या

आफू यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफूलाई कुटपिट गरेको ती युवतीले बताएकी छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्