सनराइज बैंकका सिइओ पौड्यालले दिए राजीनामा

काठमाडौं : सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् ।

गत वर्ष प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका पौडेलले सञ्चालक समितिसँगको अन्तरविरोधका कारण राजीनामा दिएका हुन्।

उनले राजिखुसी राजीनामा दिएको एक सञ्चालकले जानकारी दिए । ‘राजीनामा विशुद्धरूपमा स्वयं व्यक्तिले दिने भएकाले यसमा कसैले हटाएको भन्न मिल्दैन,’ ती सञ्चालकले भने ।

याे पनि पढ्नुस  यी हुन् प्रधानमन्त्री ओलीको राजीनामा मागे १७ स्थायी कमिटी सदस्य (सूचीसहित)

शर्मालाई नियुक्त गर्नुअघि बैंकको सञ्चालक समितिले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको थियो । तर, आन्तरिक कलहपछि श्रेष्ठलाई नबनाउने निर्णय भयो । आन्तरिक कलहकै बीचमा शर्माले १ वर्ष काम गरे।

कमेन्ट गर्नुहोस्