आज १०९ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १३ हजार नाघ्यो

काठमाडौं : नेपालमा शनिबार १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका २८ प्रयोगशालामा परीक्षण गर्दा आज १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । जसमध्ये अब ५ हजार ३ सय ८५ जना मात्र संक्रमणमुक्त हुन बाँकी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  उदयपुरमा ८ भारतीयमा कोरोना संक्रमणको आशंका

शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

आज देशभर ४ हजार बढीको जनाको पीसीआर गरिएको प्रवक्ता गौतमले बताए ।

कमेन्ट गर्नुहोस्