केपी ओलीसामु विकल्पः फूटकोे टीका निधारमा लगाउने कि एकताको इतिहास रच्ने ?

उदात्त छाती बोकेर इतिहास रच्ने कि गुटमा रमाउँदै फूटको कलंकलाई निधारमा लगाउने ?

भिष्म थापा

नेकपा भित्र चुलिएको विवादसँगै पार्टीमा गम्भीर संकट देखा परेको छ । पार्टी विभाजन हुनसक्ने तहसम्मको यो विवादमा नेतृत्वबीच आरोप प्रत्यारोप र आलोचना चुलिएको छ । एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको आरोप समेत लगाइएको छ ।

आलोचनात्मक र पूर्वाग्रही जुनसुकै कोणबाट विचार प्रकट भए पनि नेतृत्वले त्यसबाट भाग्न मिल्दैन । प्रधानमन्त्रीभित्र पद्धतीगत मनोविज्ञान भन्दा त्यसको ठीक उल्टो अहंकार र इगोको विकास भयो । 

त्यसो भए नेकपामा फूटको मनोविज्ञानको विजारोपण कसरी भयो त ? को हो यसका लागि जिम्मेवार ? स्थायी समितिको बैठक शुरु हुन अघि कतिपय विषयहरुमा फरक मत देखिएपनि पार्टी विभाजनकै कुरा भने आएको थिएन । तर अहिले पार्टीमा अन्य एजेण्डा ओझेलमा परेका छन् ।

कसरी विकास भयो घटनाक्रम ?

नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजिनामाको एजेण्डा थिएन । त्यहाँ केही महत्वपूर्ण विषयमा छलफल गर्न स्थायी समिति सदस्यहरुले आफ्ना धारणा राखिरहेका थिए । यी एजेण्डाहरुमा पार्टी एकताका बाँकी कार्यभार, मिलेनियम च्यालेन्ज कर्पोरेसन, सरकारको समीक्षा र नेपाल तथा भारतबीचको विवाद मुख्य रहेका थिए ।

बैठकको शुरुको दिन दुबै अध्यक्षले मन्तव्य राखे । यो मन्तव्यको सार कमी कमजोरी सच्च्याउँदै जन अपेक्षा अनुरुप पार्टी र सरकार अघि बढ्नु पर्ने रहेको थियो । तर मन्तव्यको ताता सकिन नपाउँदै स्थायी समिति सदस्यहरुले भने सरकारको काम कार्वाहीमा गम्भीर प्रश्न उठाए । विषयगतरुपमा छलफल शुरु हुने क्रममा सरकारको आलोचना हुनु स्वभाविकै थियो ।

 

पार्टीभित्र जीवन्त छलफल र बहस हुनु सामान्य कुरा हो । नेतृत्वले पार्टीका हरेक छलफलमा उठने विषयबस्तुको जवाफ दिने हिम्मत राख्नुपर्ने हुन्छ । आलोचनात्मक र पूर्वाग्रही जुनसुकै कोणबाट विचार प्रकट भए पनि नेतृत्वले त्यसबाट भाग्न मिल्दैन । आफूले गल्ती गरेको भए आत्मालोचना गर्ने र आफूलाई कुनै कुरा पुरै ठीक लागेको छ भने आफूले चालेको कदम या विचारमा अरुलाई सकेसम्म सहमत गराउने, सहमत हुन नसक्नेको विचारलाई सम्मान गर्दै अघि बढ्ने कुशलता नेतृत्वसँग हुनुपर्दछ ।

अविश्वासको यो संकटबीच स्थायी कमिटी बैठक बढी चल्न सकेन । र, अहिलेसम्म स्थगित हुँदै आयो । त्यसपछि उनले कुनै बेला सडकमा आफ्ना पक्षमा प्रदर्शन गर्न लगाए, नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने कसरत गरे । यी पर्दापछाडिका कतिपय विषय अझै खुल्न बाँकी छ ।

तर स्थायी कमिटि बैठकमा यो परिदृश्य देखिएन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल बहिस्कार गरे । उनले पार्टीलाई ‘फेस’ गर्न चाहेनन् । ‘स्वास्थ्यको कारण’ देखाउँदै उनी अनुपस्थित भएपछि उनको झनै आलोचना चुलियो । स्थायी कमिटी बैठकमा ओलीले नियोजितरुपमा छलफलबाट भाग्न खोजेको र पार्टीलाई उपेक्षा गर्न खोजेको भन्दै आलोचना चुलियो ।

याे पनि पढ्नुस  बाँके घटनाबारे नेकपाले भन्यो– ‘व्यक्तिगत घटनालाई राजनीतिक बनाइयो’

यतिसम्म मात्रै भएको भए सम्भवतः उनको राजीनामाको कुरा आउने थिएन । न अन्य विषयहरु यति आलोचनात्मक ढंगले विकास हुन सक्थे होला । अध्यक्ष तथा प्रधानमन्त्रीले आफूमाथि लागेको आरोप र आलोचनाको स्वस्थ्य र पद्दतीगतरुपमा प्रतिरोध गरेको भए, आत्माचोलना गर्नुपर्ने विषयमा आत्मस्वीकृत गरेको भए, आफूलाई सही लागेको विषयमा बैठकलाई ‘कन्भिन्स’ गर्न खोजेको भए र फरक मत राख्नेहरुको मतलाई सम्मान गर्दै सौहाद्रपूर्ण तरिकाले बैठकलाई अघि बढाउन तदारुकता देखाएको भए यसले अर्कै मोड लिन सक्थो ।

प्रधानमन्त्री ओलीमा फूटको मनोविज्ञान गहिरोसँगले जरा गाडेको देखियो । यसअघि समेत उनले जसरी दल त्याग सम्बन्धी अध्यादेश लिएर आएका थिए, त्यो पनि पार्टी फूटकै अभ्यास थियो । अहिले नेकपा (एमाले) दर्ता हुनु र त्यतिखेर दल त्यागको अध्यादेश सामान्य परिघटना कदापी थिएनन् ।

उनको आलोचना नै चुलिएपनि त्यसले विधिसम्मत निकास पाउँथ्यो । पार्टीको निर्णय मान्ने अवस्था सिर्जना भएको भए यसले स्वस्थ्य बहस र छलफललाई अघि बढाउँथ्यो । ओलीको राजनीतिक कदलाई यसले अझै माथि लैजान्थ्यो । तर प्रधानमन्त्रीभित्र पद्धतीगत मनोविज्ञान भन्दा त्यसको ठीक उल्टो अहंकार र इगोको विकास भयो ।

उनी दुई दिनसम्म स्थायी समितिको बैठकमा नै गएनन् । तेश्रो दिन नै भए पनि उनले आएर आफ्ना कुरा राखेको भएपनि हुन्थ्यो । तर उनीभित्रको इगो र अहंकारले त्यसो पनि गर्न दिएनन् । बरु पार्टीको छलफल चलिरहेको बेला, छलफलमा भने अनुपस्थित प्रधानमन्त्रीले एउटा सार्वजनिक कार्यक्रममा निकै अपाच्य कुरा गरे । उनले भने– भारतको इशारामा पार्टीकै साथीहरु मलाई सत्ताबाट हटाउन खोजिरहेका छन् ।

भारतको यो कार्डलाई उनले जति सजिलैसँग फालेको थिए, यसको असर भने झन उल्टो पर्यो । पार्टीको बैठक चलिरहेको बेला पार्टी बैठकमा उनले यो कुरा राख्न सक्थे । सही विधि र प्रक्रिया त्यही हुन्थ्यो । तर बैठकको उपेक्षा गर्ने तर सार्वजनिकरुपमा पार्टीकै बारेमा अभिव्यक्ति दिने उनको शैली जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको ठीक विपरित थियो ।

उनीभित्र आफूमात्रै सर्वेसर्वा, आफूले गरेको ठीक, अरुले आलोचना गर्दा त्यसलाई पचाउन नसक्ने, छलफलको विधि र पद्धती स्वीकार नगर्ने र समग्रहमा मै सर्वोपरि भन्ने गम्भीर प्रकृतिको मनोविज्ञानको निर्माण भएको छ ।

र, उनको यही कार्यशैलीको स्थायी समिति सदस्यहरुले चर्को बिरोध गरे । बैठकबाट भाग्ने, छलफलबाट भाग्ने तर सार्वजनिकरुपमा पार्टीकै अन्य सदस्यहरुले भारतको इशारामा आफूलाई फाल्न खोजे भनेर सस्तो राजनीति गर्न खोज्ने भन्दै अधिकांश सदस्यहरु उनीविरुद्ध उभिए । यहीँबाट प्रधानमन्त्रीले पार्टीलाई नटेरेको, सामूहिक निर्णय पद्धतीमा विश्वास नगरेको र स्वेच्छाचारी बन्न खोजेको भन्दै उनको राजिनामाको बहस जोडदार ढंगले अघि सर्यो ।

याे पनि पढ्नुस  केन्द्रीय समिति बैठक बोलाउनुपर्ने खुमलटार भेलाको निष्कर्ष

तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यो विषयमा समेत पार्टीको छलफलमा डिफेन्स गन खोजेनन् । बरु उनले यसलाई इगोका रुपमा लिए । उनले स्थायी समिति बैठकमा मिहिन तरिकाले आफूले के के गल्ती गरेको हो ? के के राम्रा काम गरेको हो ? त्यसको छलफल गर्दै सकारात्मकरुपमा बैठकलाई अघि बढाउन सक्थे । तर त्यसो गरेनन् । बरु आफ्नो सरकार ढलाउन अविश्वास प्रस्ताव आउन सक्ने आँकलन गर्दै तत्काल संसदको जारी अधिवेशन अन्त्य गर्ने घोषणा गरे ।

बिडम्बनाको कुरा, उनले यो कुरा स्थायी कमिटिको बैठक पल्लो कोठामा चलिरहेकै बेला गरे । स्थायी कमिटिमा यसबारेमा छलफल गर्न उनले चाहेनन् । ‘म प्रधानमन्त्री हो, मैले आफ्नो अधिकारक्षेत्र किन प्रयोग गर्न नपाउने ?’ भन्ने स्वेच्छारी भावना उनीभित्र विकास भयो । जबकि उनी आफै पार्टी अध्यक्ष पनि थिए । पार्टीको बैठकमा छलफलमा विषय चलिरहेकै अवस्थामा आफै अध्यक्ष रहेका प्रधानमन्त्रीले गर्ने त्यो कदम सामान्य र राजनीतिक कदापी हुनसक्दैनथ्यो ।

यतिले मात्रै नपुगेर यही बीचमा निर्वाचन आयोगमा नेकपा (एमाले) नामक नयाँ दल दर्ता भयो । पार्टीका अर्का अध्यक्ष प्रचण्डले गरेको खुलासा अनुसार, यो दल प्रधानमन्त्री ओलीकै अग्रसरता र निर्देशनमा गठन भएको थियो । आफु अध्यक्ष भएको पार्टीको बैठक चलिरहेको बेला आफैले अर्को दल गठन गर्न वातावरण निर्माण गर्नु स्पष्टरुपमा ओलीले पार्टी एकता चाहेका छैनन् भन्ने कुराको प्रमाण थियो ।

चरम व्यक्तिवाद र अहंकारका कारण केपी ओली सर्वमान्य हुनुपर्ने अवस्थामा पार्टीभित्रै आलोचित हुँदै जानु र पार्टी एकताविरुद्ध एउटा दल गठन गर्ने मानसिकतामा पुग्नु दुर्भाग्य हो ।

अविश्वासको यो संकटबीच स्थायी कमिटी बैठक बढी चल्न सकेन । र, अहिलेसम्म स्थगित हुँदै आयो । त्यसपछि उनले कुनै बेला सडकमा आफ्ना पक्षमा प्रदर्शन गर्न लगाए, नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने कसरत गरे । यी पर्दापछाडिका कतिपय विषय अझै खुल्न बाँकी छ । देउवासँग मिलेर सरकार बनाउने विषयमा नेपाली कांग्रेसभित्रै विवाद सिर्जना भयो । आलोचित ओलीसँग सरकार बनाउँदा कांग्रेसलाई घाटा हुन्छ भन्ने कुरा कांग्रेसका बहुमत नेताहरुले भनेपछि देउवा समेत पछि हटे । पार्टी फुटने नै भए बरु प्रचण्डसँग मिलेर सरकार बनाउँ भन्ने मत कांग्रेसमा बलियो भएपछि ओलीले तत्काल त्यो कदम चाल्न सकेनन् ।

यसरी घटनाक्रले प्रधानमन्त्री ओलीमा फूटको मनोविज्ञान गहिरोसँगले जरा गाडेको देखियो । यसअघि समेत उनले जसरी दल त्याग सम्बन्धी अध्यादेश लिएर आएका थिए, त्यो पनि पार्टी फूटकै अभ्यास थियो । अहिले नेकपा (एमाले) दर्ता हुनु र त्यतिखेर दल त्यागको अध्यादेश सामान्य परिघटना कदापी थिएनन् । ओलीका लागि पार्टी एकता भन्दा आफ्नो सत्ता र आफ्नो इगो प्रधान बन्न पुगेको पुष्टि अहिलेसम्मका घटनाहरुले गरेका छन् ।

याे पनि पढ्नुस  पहिले नजितेको ठाउँमा उपनिर्वाचनमा जित्ने सम्भावना छः अध्यक्ष प्रचण्ड

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले माधव नेपालसँग मिलेर आफूलाई हटाउन खोजेको इगो बोकेर बसेका छन् । तर घटनाक्रमले भने यो वातावरण उनले आफैले निर्माण गरेको देखाउँछन् । उनीभित्र आफूमात्रै सर्वेसर्वा, आफूले गरेको ठीक, अरुले आलोचना गर्दा त्यसलाई पचाउन नसक्ने, छलफलको विधि र पद्धती स्वीकार नगर्ने र समग्रहमा मै सर्वोपरि भन्ने गम्भीर प्रकृतिको मनोविज्ञानको निर्माण भएको छ । अध्यादेशदेखि संसद अघिवेशन अन्त्यसम्मका घटनाले उनी अरुका कुरा सुन्ने पक्षमा देखिन्न । अर्थात् उनका लागि पार्टी फुटे फुटोस, जे सुकै होस, तर आफुले भनेको हुनैपर्छ भन्ने अत्यन्तै गलत र पश्चगामी प्रवृत्ति हुर्किएको देखिन्छ ।

कुनै व्यक्तिको इगो, स्वार्थ र चाहना पुरा नहुँदा यो विश्वासको हत्या गर्ने छूट इतिहासले कसैलाई दिएको छैन ।

केपी ओली राजनीतिकरुपमा लामो संघर्ष गरेर आएका व्यक्ति हुन । नेपाली समाजको रुपान्तरणमा उनको ठूलो भूमिका छ । अहिले दुई तिहाई सरकारको प्रमुख भएको बेला इतिहास रच्ने सुनौलो अवसर उनका सामु थियो । सबैलाई विश्वासमा लिएर राष्ट्र निर्माण गर्ने, पार्टीलाई जनतासँग जोड्दै नेपाली समाजलाई एउटा उचाईमा पुर्याउने सुनौलो अवसर इतिहासले उनका सामु राखेको थियो । यस्ता अवसर पाउने व्यक्ति बिरलै हुन्छन् ।

तर चरम व्यक्तिवाद र अहंकारका कारण केपी ओली सर्वमान्य हुनुपर्ने अवस्थामा पार्टीभित्रै आलोचित हुँदै जानु र पार्टी एकताविरुद्ध एउटा दल गठन गर्ने मानसिकतामा पुग्नु दुर्भाग्य हो ।

पार्टी एकता लहडमा गरिएको थिएन । योसँग आम कार्यकर्ता, जनता र विश्वकै न्यायप्रेमी जनताका सपना गाँसिएका छन् । युगौंदेखि दमित रहेका जनताका भावना र विश्वास गाँसिएका छन् । कुनै व्यक्तिको इगो, स्वार्थ र चाहना पुरा नहुँदा यो विश्वासको हत्या गर्ने छूट इतिहासले कसैलाई दिएको छैन ।

त्यसैले अध्यक्ष तथा प्रधानमन्त्री ओलीका अगाडि अहिले पनि त्यो अवसर बाँकी छ । उदात्त छाती बोकेर इतिहास रच्ने कि गुटमा रमाउँदै फूटको कलंकलाई निधारमा लगाउने ? शेर बहादुर देउवादेखि वामदेव गौतमसम्मले फूटको टिका लगाएको इतिहासबाट शिक्षा लिनु जरुरी छ । पार्टी प्रधान हो र व्यक्ति गौण हो भन्ने माक्र्सवादी मान्यतालाई अंगीकार गर्दै पार्टी निर्णय स्वीकार्नु उनका लागि उत्तम विकल्प हो ।

कमेन्ट गर्नुहोस्