विद्यार्थीको कोरोना विमा गर्न अनेरास्ववियूको माग

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ ।

आज अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य विमा बापत तिरेको रकमवाट सम्पुर्ण विद्यार्थीको कोराना विमा गर्न माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर वल्खुमा ज्ञापनपत्र वुझाउंदै अनेरास्ववियूले सो माग गरेको हो ।

याे पनि पढ्नुस  के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?

कोरोना महामारी, लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अबस्थामा बिश्वबिद्यालयले निकालेको परीक्षा सम्बन्धि सूचना सम्बन्धमा आज अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियू नेता पवन कार्कीले वताए । त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने वताए ।

याे पनि पढ्नुस  एकता प्रक्रिया महान् छलाङको अर्को रुप : अध्यक्ष प्रचण्ड

लामो दूरीका यातायातका साधन भदौ १ गतेबाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।

कमेन्ट गर्नुहोस्