आजदेखि पुनः मौसम सक्रिय, १६ साउनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं : आजदेखि मनसुन फेरि सक्रिय हुने मौसमविद्ले बताएका छन् । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

सोमबार रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हलकादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

भागले आज १ विज्ञप्ति जारी गरी १२ देखि १६ गतेसम्म नै मौसम सक्रिय हुने जनाएको छ । सोही क्रममा पर्याप्त जलवाष्पयुक्त हावासमेत नेपाल आउनेछ ।

याे पनि पढ्नुस  भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन मौसमविद्को आग्रह

यसले मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही स्थानमा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा गराई पहिरो र बाढीको जोखिम रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘अस्ति साउन ४, ५ गतेको जस्तै वर्षाको सम्भावना छ, त्यसैले सर्वसाधारणले उच्च सावधानी अपनाउनुपर्छ ।’

विभागका अनुसार साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश र प्रदेश-५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा

प्रदेश १ वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान छ ।

कमेन्ट गर्नुहोस्