निजी विद्यालयले कक्षा सञ्चालन थालेपछि गाउँपालिकाले बन्द गरायो

झापाः प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए ।

याे पनि पढ्नुस  नेशनल प्याब्सन काठमाडौंको ‘लोक नृत्य प्रतियोगिता’को तयारी पूरा

‘लकडाउन खुले पनि कोडिभ-१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन’, उनले भने, ‘विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।’

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  माई खोलामा एक व्यक्ति मृत फेला

जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४६ जना रहेको छ ।तीमध्ये निको भएर ३ सय ४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । कचनकवल गाउँपालिकाका मात्र १ सय ३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १ सय ३४ जना फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्