एसपीसहित १८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

स्याङ्जाः स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै जिल्ला प्रहरी कार्यालयमा काेराेना संक्रमितको संख्या २१ पुगेको छ ।

साउन ६ गते लेखा र प्रबन्ध शाखामा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जनामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिइएको थियो ।

याे पनि पढ्नुस  सर्वाधिक संक्रमित १०औं देश बन्यो भारत

सोमबार संङक्रमित पुष्टि हुनेमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सहित, दुई जना असई, छ जना हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।

प्रहरी कार्यालयका प्रहरी प्रमुखसहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजार भित्र कडाईं गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

याे पनि पढ्नुस  तीन अङ्कले बढ्दै कोरोनाः कुन प्रदेश र जिल्लामा कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्